Tuesday, May 26, 2026

छठ पर्वको अवसरमा समाजसेवी संजिब यादवद्वारा साडी वितरण

ताजा / भरखरै प्राप्त

कार्तिक ०९, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका ७ छटौलमा जय माता दी युवा क्लबका अध्यक्ष तथा युवा समाजसेवी संजिब कुमार यादवले आइतबार सयजना दलित महिलालाई साडी वितरण गरेका छन् । अध्यक्ष यादवले छठ गर्ने ब्रतालुहरुलाई साडि वितरण गरेका हुन् ।

साडि वितरण कार्यक्रममा स्थानीय गरिब तथा विपन्न समुदायका महिलाहरुलाई सम्मान पूर्वक साडी हस्तान्तरण गर्दै अध्यक्ष यादवले सामाजिक उत्थान र सामुदायिक एकताका लागि यस्ता कार्य निरन्तर जारी रहने बताएका छन् ।

उनका अनुसार सामाजिक सेवा र सहयोगको हात बढाउँदै दलित तथा आर्थिक रूपमा कमजोर समुदायलाई प्राथमिकतामा राखेर क्लबले आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याउने तयारी गरेको छ ।

यस अवसरमा क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, महिला समूहका प्रतिनिधि र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles