Tuesday, May 26, 2026

कलैया–१४ का वडा अध्यक्ष जयसवाल दुई वर्ष कैद सजाय सहित पक्राउ

ताजा / भरखरै प्राप्त

मंसिर २, बारा । बाराको कलैया उपमहानगरपालिका १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल लेनदेन सम्बन्धी मुद्दामा अदालतले तोकेको कैद सजाय कार्यान्वयनका लागि पक्राउ परेका छन् ।

जिल्ला अदालत नवलपरासीले २०८२ जेठ २३ गते जयसवाललाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका जयसवाललाई खोजी तीव्र पारेको प्रहरीले सोमबार राति पक्राउ गर्न सफल भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला अदालत नवलपरासीले तोकेको कैद सजाय कार्यान्वयनका लागि जयसवाललाई फरार प्रतिवादीका रूपमा निरन्तर खोजी भइरहेको थियो । अदालतबाट प्राप्त पत्रका आधारमा पक्राउ गरिएको बताउँदै डिएसपी पण्डितले आवश्यक कानूनी प्रक्रियाका लागि जयसवाललाई अदालतमा बुझाइएको जानकारी दिए ।

प्रहरीको सक्रिय खोजीपछि पक्राउ परेका वडा अध्यक्ष जयसवालविरुद्ध अब अदालतको आदेशअनुसार कैद सजाय कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ ।

spot_img

लोकप्रिय

Related Articles