Tuesday, May 26, 2026

रौतहटमा नयाँ प्रहरी प्रमुख रबिन कार्कीको प्रभावशाली नेतृत्व : एक महिनामै सर्वसाधारणको मन जित्न सफल

ताजा / भरखरै प्राप्त

प्रविण टिबडेवाल
मंंसिर ०२, रौतहट ।  रौतहट जिल्लामा एक महिना अघि मात्र कार्यभार सम्हालेका प्रहरी प्रमुख रबिन कार्की विगतका प्रहरी प्रमुखहरूको तुलनामा अब्बल तथा सक्रिय नेतृत्वका रूपमा देखिएका छन् । सार्वजनिक व्यवहारदेखि अपराध नियन्त्रणका कदमसम्म, उनका कार्यशैलीले जिल्लावासीकै ध्यान तानेको छ र व्यापक प्रशंसा बटुलेको छ ।

प्रहरी प्रमुख कार्कीको सर्वसाधारणसँग प्रस्तुत हुने शैली, सहज पहुँच र समस्याको प्रत्यक्ष रूपमा समाधान गर्नेसमक्षता स्थानीय बासिन्दाले विशेष रूपमा उल्लेख गर्दै आएका छन् । सामान्य कुराकानी होस् या संवेदनशील विषय, कार्की प्रत्येक भेटघाटमा विनम्र, संयमित र व्यावहारिक ढंगले प्रस्तुत हुने गरेका कारण नागरिकहरू आत्मीय अनुभव गरेको बताउँछन् ।

त्यस्तै, मातहतका सुरक्षाकर्मीमाथिको उनको कमान्ड स्पष्ट तथा प्रभावकारी देखिएको छ । नियमपालन, शिस्त, समयपालन र सेवामुखी कार्यशैलीमा जोड दिँदै उनले प्रहरी संगठनभित्र पनि सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय अधिकारीहरूको भनाइ छ ।

प्रहरी प्रमुख कार्कीले परिस्थिति अनुसार तुरुन्त निर्णय लिने क्षमता, विशेष गरी विवाद, आपत्कालीन घटना तथा सुरक्षा संवेदनशील अवस्थामा गरेको सक्रियताले रौतहटमा सुरक्षाप्रति विश्वास बढाएको छ ।

लागूऔषध विरुद्धको अभियानलाई उनले विशेष प्राथमिकतामा राखेका छन् । लागूऔषध सेवनकर्तालाई दण्ड होइन, काउन्सिलिङमार्फत पुनःजीवनतर्फ फर्काउने उपाय कार्कीको नेतृत्वमा प्रभावकारी रूपमा अगाडि बढाइएको छ । यसले स्थानीय युवावर्ग तथा अभिभावकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

त्यस्तै, तस्कर तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कठोर कारबाही सुरु गरिएको छ । गुण्डागर्दी, अवैध कारोबार, तस्करी लगायतमा संलग्न समूहमाथि उनले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कडा कदम चालेका छन् ।

सबैभन्दा महत्वपूर्ण, भेदभावरहित व्यवहार—चाहे पीडित जो कोही होऊन्, चाहे उजुरीकर्ता–प्रहरी कार्यालयमा प्रवेश गरेदेखि नै न्यायपूर्ण र समान व्यवहार गर्ने उनको शैली सर्वसाधारणले मन पराएका छन् ।

रौतहटमा छोटो समयमै प्रहरीप्रति नागरिकको विश्वास पुनः स्थापित गर्न सफल भएअनुसार उनले आउने दिनहरूमा पनि सुरक्षा, शान्ति र अपराध नियन्त्रणमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

spot_img

लोकप्रिय

Related Articles