Tuesday, May 26, 2026

कलैयाका २७ वटै वडामा औषधिको चरम अभाव

ताजा / भरखरै प्राप्त

मंसिर ०५, बारा । कलैया उपमहानगरपालिकाका २७ वटै वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू पछिल्ला दिनमा औषधिको चरम अभाव भएको छ ।
आवश्यक औषधि अभावका कारण नियमित जाँच तथा उपचारका लागि स्वास्थ्य केन्द्र पुग्ने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा घटेपछि अधिकांश केन्द्रहरू सुनसान बन्न पुगेका छन् । स्थानिय अस्पतालमा बिरामीहरुलाई औषधि नपाएपछि उपचारको लागि चर्को शुल्क तिरेर बाहिर जानु परेको छ ।

स्वास्थ्यकर्मीहरूले उपमहानगरपालिकासँग बारम्बार औषधि र अन्य स्वास्थ्य सामग्री माग गरिरहे पनि पर्याप्त आपूर्ति हुन नसकेको गुनासो गरेका छन् । उनीहरूका अनुसार औषधि नहुँदा उपचार प्रक्रिया प्रभावित भएको र बिरामीहरूलाई वैकल्पिक अस्पताल तथा निजी क्लिनिकतर्फ धकेलिनुपर्ने अवस्था आएको छ ।

यता, कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शैलेश महतोले भने औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र आइतबारसम्म सबै आधारभूत स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइने बताउनु भएको छ ।

 

spot_img

लोकप्रिय

Related Articles