Tuesday, May 26, 2026

विश्व सामु आफ्नो वडालाई चिनाउने प्रयास – कलैयामा ‘पिस पोस्टर’ प्रतियोगिता सम्पन्न

ताजा / भरखरै प्राप्त

मंसिर १३, बारा । लायन्स इन्टरनेशनलद्वारा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ‘पिस पोस्टर’ कार्यक्रम लायन्स क्लब अफ कलैया बारा द्वारा भव्य रूपमा सम्पन्न गरिएको छ । क्लबका सचिव लायन मुकेश कुमार गुप्ताको सक्रिय पहलमा कलैया उपमहानगरपालिका स्थित बाल एकता सेकेन्डरी स्कुलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमका प्रथम गभर्नरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा ११ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरू सहभागी थिए । विद्यार्थीहरूले ‘पिस पोस्टर’ कार्यक्रम अन्तर्गत लायन्स इन्टरनेशनलबाट प्रदान गरिएको विषयवस्तु अनुसार निर्माण गरेका पोस्टरहरू प्रदर्शनीमा राखिएको थियो ।

प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका टप ३ पोस्टर छनोट गरी आगामी चरणको मूल्याङ्कनका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एममा पठाइएको छ । लायन्स इन्टरनेशनलको नियम अनुसार डिस्ट्रिक्टबाट क्रमशः मल्टिपल डिस्ट्रिक्ट हुँदै अन्ततः लायन्स इन्टरनेशनलको सचिवालय, अमेरिका सम्म पोस्टर छनोट प्रक्रियामा पुग्ने व्यवस्था रहेको छ ।

विश्वभर रहेका लायन्स क्लबहरूबाट छनोट भई आएका पोस्टरहरूमध्ये अन्तिम चरणमा विभिन्न २३ विधामा विजेता छनोट गरिनेछ । छनोट भएका प्रत्येक विधाका विजेतालाई अमेरिकी डलर ५,००० पुरस्कार प्रदान गरिनेछ भने सबैभन्दा उत्कृष्ट पोस्टरलाई अमेरिकी डलर १०,००० पुरस्कार प्रदान गरिने छ । साथै विजेता विद्यार्थी र अभिभावकको अमेरिका आवत–जावत, बसोबास, खानपान लगायत सम्पूर्ण खर्च लायन्स इन्टरनेशनलले व्यहोर्ने व्यवस्था रहेको छ ।

यस कार्यक्रमले कलैयाको एउटा विद्यालय मात्र होइन सम्पूर्ण वडालाई विश्व सामु चिनाउने अवसर प्रदान गरेको स्थानीयवासीले बताएका छन् ।

spot_img

लोकप्रिय

Related Articles