Tuesday, May 26, 2026

ब्लु हेभेन नेपालद्वारा कलैयामा ३८ औँ विश्व एड्स दिवस मनाइयो

ताजा / भरखरै प्राप्त

मसिंर १५, बारा । ब्लु हेभेन नेपालले आज बाराको कलैयामा ३८ औँ विश्व एड्स दिवस मनाएको छ । स्थानीय तह, जनस्वास्थ्य कार्यालय बारा तथा अन्य विभिन्न संस्थाहरूसँगको समन्वयमा ब्लु हेभेन नेपालले एड्स सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा एचआईभी एड्स के हो, कसरी सर्छ, यसबाट कसरी बच्न सकिन्छ र समयमै परीक्षण तथा उपचारको महत्वबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । ब्लु हेभेन नेपाल बाराकी कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठका अनुसार समुदायमा अझै एड्स सम्बन्धी भ्रम र गलत धारणाहरू रहेकाले त्यसलाई हटाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक छन् ।

उनले एड्स लाग्न नदिन अपनाउनुपर्ने उपाय, सुरक्षित यौन व्यवहार, सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे पनि जानकारी दिइएको बताइन् । कार्यक्रममा स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत समुदायमा एचआईभी एड्स सम्बन्धी चेतना वृद्धि गर्ने र संक्रमित व्यक्तिप्रतिको भेदभाव अन्त्य गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles