मंसिर २०, बारा । कलैया उपमहानगरपालिकाको २६ नम्बर वडामा सक्रिय युवाहरूको पहलमा जेनजी एण्ड युथ बाराको नेतृत्व संरचना विस्तार गरिएको छ ।
शनिबार कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिस्वा महेशपुर स्थित सभाहलमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रमबाट राकेश प्रसाद यादव संयोजकमा सर्वसम्मत रूपमा निर्विरोध चयन हुँदै ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
भेला कार्यक्रम कलैया उपमहानगरपालिका अध्यक्ष सौरभ पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जेनजी आगुवा राज कुमार गुप्ता, सुमन जयस्वाल, बिक्की गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।
नवगठित समितिको सह–संयोजकमा पप्पु प्रसाद यादव, कोषाध्यक्षमा अरुण यादव, सचिवमा क्रान्ति यादव र सह–सचिवमा विराज गिरि चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा श्याम यादव, गालु यादव, रामबाबू पाण्डित, ॐप्रकाश, हरियोम कहार, जितेन्द्र यादव, आतुतोश यादव, मुकेश साह, मग्नी यादव, मन्केश्वर साह, अर्जुन गुप्ता, आनन्द कुमार गुप्ता, राजेश कुमार साह, राकेश यादव, निरज यादव, दिपेन्द्र यादव, भोला यादव, राम पुकार लगायतका युवाहरू चयन भएका छन् ।
कार्यक्रममा बोल्दै संयोजक राकेश प्रसाद यादवले युवाहरूको नेतृत्व विकास, सामाजिक दायित्व, स्थानीय समस्या समाधान, शिक्षा–स्वास्थ्य प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा समिति सक्रिय रहने बताए । उनले युवाको क्षमता, सीप र ऊर्जालाई परिचालन गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, कला–संस्कृतिको विकास तथा विशेषगरी सडक निर्माण जस्ता स्थानीय पूर्वाधारमा पहल गरिने जानकारी दिए ।
जेनजी आगुवा राज कुमार गुप्ताले राजनीतिक विभाजनभन्दा माथि उठेर “युवा–पहिलो, विकास–मुख्य” भन्ने नाराका साथ समिति अघि बढ्ने बताए । उनका अनुसार हालसम्म वडा नं १, ३, १२ र १५ मा समेत जेनजी एण्ड युथ बारा समिति गठन भइसकेको छ ।
कार्यक्रमले कलैया उपमहानगरपालिकामा युवाहरूको संगठित भूमिका थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

