Tuesday, May 26, 2026

स्थापना भएको १० वर्ष पछि वार्डले आफनो कार्यालय पाए, मेयर यादवले गरे उदघाटन

ताजा / भरखरै प्राप्त

रौतहट, चैत्र २७ ।। संघियता संगै रौतहटको मध्य पुर्वी भागमा स्थापन भएको गढीमाई नगरपालिका उक्त पालिकको वडा नं. ६ धर्मपुर सिंगारवन ले १० वर्ष पछि आफैन भवन सहितको वाडा कार्यालय पाएको छ । दोश्रो कार्यकालका वाडा अध्यक्ष रहेका रामसिंहासन राय यादव वाडा कार्यलय बनाउ सफल भएका छन् ।
आज शुक्रवार नवनिर्मित वडा कार्यालय भवनको नगरपालिकाका (नगरप्रमुख) मेयर श्याम प्रसाद यादवले एक कार्यक्रम विच उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा बोल्दै मेयर यादवले नयाँ भवन सञ्चालनमा आएपछि वडा स्तरबाट प्रदान गरिने सेवा अझ प्रभावकारी, छिटो र सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारलाई नागरिक मैत्री बनाउने लक्ष्यअनुसार भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गर्नुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले कार्यालय भवनले सेवाग्राहीलाई व्यवस्थित वातावरणमा सेवा लिन सहयोग पुग्ने बताउँदै कर्मचारीहरूलाई जिम्मेवार र पारदर्शी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
करिव १ करोडको लागतमा अपांङ मैत्री पुर्ण सूविधा सम्पन्न ६ कोठे ईतिहासीक भवन निर्माण गर्ने सफल गराउने सम्पूर्णलाई वाडा वासी पालिकाका कर्मचारी, जनप्रतिनिधि, ठेकेदार सहितका सवैलाई धन्याद दिदै वाडा अध्यक्ष रामसिंहासन राय यादवले, आफुले सदैव वार्ड संगै समग्र पालिको विकासको लागी अग्रर रहेको र सधै रहने बताए ।
पंचायत काल देखि नै कार्यालय विहिन रहेको तत्कानीन धर्मपुर गाविस हाल गढीमाई नगरपालिकाको वार्ड न ६ र ७ रहेको छ भन्न वार्ड नं. ७ ले पहिलेनै आफनो कार्यालय बनाउ सफल भए पनि वार्ड नं. ६ आज मात्र आफनै वाडा कार्यालय पाएकोमा स्थानीयहरु खुसी भएका छन ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ यादव (बैजूु), वार्ड नं. ६का वडा अध्यक्ष रामनरेश राय, गढीमाई नपाका उपमेयर स्मिता कुमार यादव, वडा अध्यक्षहरु दिपेन्द्र श्रेष्ठ, तपेन्द्र यादव लेखा प्रमुख कामेश्वर सहनी लगायतका कर्मचारी, जनप्रतिनिधि, संचाकर्मी स्थानीय बासिन्दा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ भवन निर्माणसँगै वडा कार्यालयले आधुनिक सुविधा सहितको सेवा प्रवाह सुरु गरेको जनाइएको छ ।

spot_img

लोकप्रिय

Related Articles