Tuesday, May 26, 2026

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

ताजा / भरखरै प्राप्त

काठमाडौं ।। प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज भएको उपसभामुखको निर्वाचनमा रुवीकुमारी निर्वाचित भएकी हुन् ।
उनले राप्रपा उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन्। आज उपस्थित २५७ मध्ये रुबीकुमारीको पक्षमा २१५ सांसदले मतदान गर्दा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् ।
रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाले समर्थन थियो। एमालेका २५ सांसद तटस्थ बसेका थिए। तटस्थमा ३७ मत सकेको थियो।
यससँगै रुवी नेपालकै कम उमेरकी उपसभामुख बन्न सफल भएकी छन्। उनको उमेर जम्मा २५ वर्ष रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles