Tuesday, May 26, 2026

वर्तमान सरकारका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको छ : सभापति लामिछाने

ताजा / भरखरै प्राप्त

काठमाडाै‌ ।। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले चालेका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको दाबी गरेका छन् । ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति पूर्ण भरोसा प्रकट गरे ।
सभापति लामिछानेले अहिलेसम्म सरकारका कामबाट दुखमनाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । सम्बोधनका क्रममा लामिछानेले सांसदहरूलाई कुनै पनि संकोच नमानी निर्धक्क भएर काम गर्न आग्रह गरे । सरकारका कामका कारण क्यामेरा देख्दा भाग्नुपर्ने परिस्थिति सिर्जना नभएको उनको तर्क थियो ।

spot_img

लोकप्रिय

Related Articles