Tuesday, May 26, 2026

स्वास्थ्य क्षेत्रमा कलम चलाउने २ महिलालाई रामा यादव स्मृति पत्रकारीता पुरस्कार

ताजा / भरखरै प्राप्त

रौतहट, बैशाख २८।। रौतहट जिल्लामा संचालित रेड टेलिभिजनका संचालिका रामा यादवको ५ औ पुण्य तिथिको अवसरमा २ जना महिला पत्रकारलाई पुरस्कृत गरिएको छ ।
२६ हजार नगद राशि भएको रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ , २०८२ बाट धनुषाका चांदनी झा र बाराकी शारदा पोखरेललाई सोमबार सदरमुकाम गौरमा रामा यादव स्मृति प्रतिष्ठान द्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्मानित गरिएको हो ।
स्वास्थ्यको क्षेत्रमा देखिएको वथिति र सुधारका पक्षमा कलम चलाउने महिला पत्रकारलाई सम्मानित गर्ने घोषणा अनुरूप दुवै जना महिला पत्रकारलाई सम्मानित गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले अहिले संचारकर्मीहरुलाई एक ढिक्का भएर अघि बढ्नुपर्ने अवस्था सृजना भएको बताएका छन ।
नेपाल सरकारले गरेको निर्णयले निजी संचारगृह र संचारकर्मी समेत प्रभावित भएको उल्लेख गर्दै एकजुट भएर आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने उहाको भनाइ रहेको छ ।
कोभीड़ महामारीको प्रकोप बढेको बेला मृत्यु बरन गरेकी संचार उद्यमी रामा यादव प्रति श्रद्धा सुमन अर्पण गर्दै अध्यक्ष यादवले सम्मानित हुने महिला संचारकर्मीलाई स्वास्थ्यको क्षेत्रमा अझ कलम चलाउन यो पुरस्कारले प्रेरित गर्ने विस्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले पत्रकारिता लोकतन्त्रको आधारशिला भएकोले सत्य तथ्य को आधारमा कलम चलाउन आग्रह गरे ।
नागरिकको प्रतिनिधित्व गर्दै सत्यलाइ उजागर गर्नु पर्ने धर्म संचारकर्मीको भएकोले खोजमूलक समाचार प्रकाशित गर्नु पर्ने धारणा व्यक्त गरे ।
अनु यादवको अध्यक्षतामाँ संपन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राम आयोध्या यादव , बरिष्ठ पत्रकार प्रभात कुमार झा , नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की ले आ आफ्नो मंतव्य राख्दै घोषणा गरिएको रामा यादव स्मृति पत्रकारिता पुरस्कार लाइ निरंतरता दिन लाइ जोड़ दिएका छन।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख संघ सस्थाका प्रतिनिधि र जिल्लामा विभिन्न संचार माध्यममाँ आवद्ध रहेका संचारकर्मीहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles