Tuesday, May 26, 2026

‘पुष्पा २’को टिकट बिक्रीले तोड्यो रेकर्ड, ५ लाख टिकटको बिक्री लक्ष्यमा

ताजा / भरखरै प्राप्त

भारतमा यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको अभिनेता अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’ अबको चार दिनमा बक्स अफिसमा आफ्नो राज सुरु गर्न जाँदैछ। फिल्मको क्रेजलाई मध्यनजर गर्दै शनिबारबाट भारतमा हिन्दी र अन्य भाषामा अग्रिम बुकिङ खुला भइसकेको छ, र २४ घण्टामा ठूलो मात्रामा टिकट बिक्री भएको छ।

भारतीय पोर्टल बिजनेश टूडेका अनुसार, अग्रिम बुकिङ खुला भएको १० घण्टामै मात्र भारतका तीन ठूला मल्टीप्लेक्स चेन—पीभीआर, आईनक्स र सिनेपोलिसबाट ५४ हजार टिकट बिक्री भएका छन्, र यो केवल हिन्दी भाषामा हो। अन्य भाषाको समेत गरेर २४ घण्टामा फिल्मको साढे २ लाख टिकट बिक्री भएको जानकारी प्राप्त भएको छ। रिलिजको अघिल्लो दिनसम्म ५ लाखभन्दा बढी टिकट बिक्री हुनसक्ने अनुमान छ।

टिकट बिक्रीको ट्रेन्डलाई हेर्दा, फिल्मको ओपनिङ २ सय करोडभारु माथि जाने निश्चित छ। विश्वव्यापी कलेक्सन ३ सय करोडभारु सम्म पुग्न सक्ने अनुमान गरिएको छ। ‘पुष्पा २’ले अग्रिम बुकिङ र कलेक्सनमा ‘बाहुबली २’ र ‘केजीएफ २’ का रेकर्डहरू पनि तोड्न सक्छ। ‘बाहुबली २’ ले अग्रिम बुकिङबाट पहिलो दिन १०० करोडभारु र ‘केजीएफ २’ ले ८० करोडभारु कमाएका थिए।

विजनेश टूडेका अनुसार, भारतको दक्षिणी राज्यहरूका सिंगल थिएटरहरूमा ‘पुष्पा २’को टिकट अभाव भइसकेको छ। आन्ध्र प्रदेश र तेलंगाना क्षेत्रहरूमा फिल्मको अत्यधिक माग हुँदा टिकटको मूल्यमा वृद्धि गरिएको छ। यी क्षेत्रहरूमा प्रदर्शनको पहिलो चार दिनका लागि टिकट मूल्य ६०० भारु सम्म पुगेको छ भने मुम्बई क्षेत्रमा प्रिमियम टिकटको मूल्य ३००० भारु सम्म पुगेको छ।

यो फिल्म बिहीबारबाट प्रदर्शनमा आउन लागेको छ, जसमा अल्लू अर्जुनसहित फहाद फासिल, रश्मिका मन्दाना, सुनिल बर्मा, धनञ्जय, जगपति बाबू लगायतका कलाकारहरूको अभिनय छ। सुकुमारको निर्देशन र लेखनमा तयार भएको यो फिल्म ५०० करोडभारु को बजेटमा बनेको हो, र अल्लू अर्जुनले मात्र ३०० करोडभारु पारिश्रमिक पाएका छन्। फिल्म हिन्दी, तमिल, मलयालम, कन्नड र बंगाली भाषामा रिलिज हुनेछ।

spot_img

लोकप्रिय

Related Articles