रौतहट / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा रौतहटको इशनाथ नगरपालिकामा मतगणना सम्पन्न भएको छ इशनाथ नगरपालिका वडा नम्बर ०७ मा वडा अध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनमा नेपालि कान्ग्रेशाले आफ्नो झण्डा फहराएको छ ।
नेपालि कांग्रेश को तर्फ बाट उम्मेदवार भएका शेख अब्दुल खलिकाले ६२७ मत ल्याई बिजयी भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शेख अनवार५७५ मत ल्याएका छन् घनटिले ६ र हलोले १४ मत ल्याएका छन् ।
इशनाथ नगरपालिकामा नेपालि कांग्रेशका नेता तथा पुर्व मंत्री महम्मद अफताव आलमको बर्चस्व सदियौं देखि चलि आएको छ ।
उनका जेठो छोरा तथा नेपालि कांग्रेशका युवा नेता महम्मद फिरदौश आलमको लगनशिलता तथा पार्टी प्रतिको मोह माया ममताका कारण उनले गरेका मिहिनेतका कारण काङ्ग्रेश बिजयी भएको स्थानिय बताउञ्छन ।
इशनाथ नपाका स्थानिय कांग्रेश नेत्री अन्जु झाले वडा अध्यक्षको उम्मेदवार चयन गरेका व्यक्तिलाई पार्टीले टिकट दिएको भए इशनाथमा नेकपा एमालेलाई बिजयी हुनबाट कसैले रोक्ने अवस्था थिएन तर जिल्ला कार्य समिति तथा प्रदेश कार्य समितिले युवा नेता फिरदौश आलमलाई पत्याएका कारण र उनले भनेको व्यक्तिलाई पार्टिले टिकट दिएका कारण रौतहटमा कांग्रेशले सफलता पाएको हो रौतहटमा राजपुर इशनाथ तथा हढिमाइ नगरपालिकामा वडा अध्यक्ष पदका लागि उप निर्वाचन भएको हो
राजपुर र गढिमाइको मतगणना जारि रहेको छ ।


