Tuesday, May 26, 2026

दुई युवकमाथि आक्रमणको घटनामा संलग्न धादिङका दुई जनासहित ४ अभियुक्त पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले,रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ,लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ र सोही ठाउँका २० वर्षकै सुसन तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।

उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो ।

अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको छ।

spot_img

लोकप्रिय

Related Articles