Tuesday, May 26, 2026

उपनिर्वाचनको नतिजा उत्साहजनक: अध्यक्ष प्रचण्ड

ताजा / भरखरै प्राप्त

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई आफ्नो पार्टीका लागि उत्साहजनक भएको बताएका छन्।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष दाहालले माओवादी केन्द्रले जनप्रतिनिधिको संख्या र जनमतका आधारमा उत्साहजनक सफलता प्राप्त गरेको उल्लेख गरेका छन्।

‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई चिर्दै जनताले प्रकट गरेको समर्थनलाई हाम्रो पार्टीले उच्च सम्मान गर्दछ,’ उनले भनेका छन्, ‘यसले हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अभियानलाई जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’

उनले उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा माओवादीले लिएको नयाँ संकल्पका रुपमा व्याख्या गरेका छन्।

‘यो निर्वाचनलाई हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउने अवसरको रुपमा लिएका थियौं,’ उनले भनेका छन्।

दाहालले उपनिर्वाचनमार्फत प्रकट जनमतलाई माओवादीका एजेन्डा र एकल पहिचानलाई बलियो बनाउने जनादेशको रुपमा व्याख्या गर्दै, नेपाली जनताका आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘हाम्रो नेतृत्वका स्थानीय तहहरूले उत्कृष्ट कार्य गर्दै आएका छन्। आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै सबै जनप्रतिनिधिहरूलाई जनसेवामा केन्द्रित गराउने प्रतिबद्धता हामीले व्यक्त गर्दछौं,’ उनले थपे।

spot_img

लोकप्रिय

Related Articles