Tuesday, May 26, 2026

चीन भ्रमणमा पोखरा विमानस्थलको बारेमा कुनै कुरा भएनः प्रधानमन्त्री ओली

ताजा / भरखरै प्राप्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चारदिने चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन्। बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँगको कुराकानीमा ओलीले पोखरा विमानस्थलको बारेमा कुनै वार्ता नभएको जानकारी दिए।

पोखरा विमानस्थलसँग सम्बन्धित चीनसँगको वार्ताबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “कुरा उठेन।”

चीन भ्रमणमा जानुअघि, सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा चीनसँगको ऋण सहायता अनुदानमा रूपान्तरण गर्न अनुरोध गर्ने सहमति भएको थियो।

यसै गरी, चिनियाँ ठेकेदारले नेपालमा गरेको काममा ढिलासुस्ती भएको विषयमा पनि प्रधानमन्त्री ओलीले स्पष्ट प्रतिक्रिया दिएका छन्।

spot_img

लोकप्रिय

Related Articles