काठमाडौं – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न भट्टराई कास्की पुगेका हुन् ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्व प्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन पनि लगिएको थियो ।

