काठमाडौँ – राजधानी काठमाडौँको हावाको गुणस्तर अत्यन्त खराब अवस्थामा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको आईक्यू एयरको तथ्याङ्कअनुसार काठमाडौँ विश्वकै १० प्रदूषित सहरहरूको सूचीमा समेटिएको छ।
१०औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ भने पीएम२.५ को स्तर ९४.५ छ। यो स्तरलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मान्ने गर्दछ। हाँडीगाउँ, तथली र चुन्ने पाखा काठमाडौँका सबैभन्दा प्रदूषित क्षेत्रहरूमा परेका छन्।
यस सूचीको शीर्ष स्थानमा इजिप्टको कायरो छ। चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
भारतको नयाँ दिल्ली चौथो स्थानमा छ भने बंगलादेशको ढाका पाँचौँ स्थानमा परेको छ। त्यसपछि पाकिस्तानको कराँची, इरानको तेहरान, भियतनामको हानोई, र पाकिस्तानको लाहोर क्रमशः छन्।

