Tuesday, May 26, 2026

संविधान संशोधन र बीआरआई छलफल अघि बढाउनुपर्ने: गगन थापा

ताजा / भरखरै प्राप्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन प्रक्रिया सुरु भइसकेको भन्दै यसबारे अनावश्यक भ्रम नछर्न आग्रह गरेका छन्। शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा उनले कांग्रेस र एमालेबीचको गठबन्धन मुलुकको हितका लागि भएको दाबी गरे।

थापाले विधिको शासन सुनिश्चित गर्न सरकारलाई सशक्त रूपमा लाग्नुपर्ने सुझाव दिँदै अपराध र भ्रष्टाचारमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन जोड दिए। साथै, बीआरआई सम्झौताबारे उठेका भ्रम र आक्षेपहरूलाई समाधान गर्न संसदमा विस्तृत छलफल गराउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी अन्य केन्द्रीय नेताहरूले पार्टीभित्र रहेका गुटउपगुटको झगडा अन्त्य गर्दै एकता कायम गर्न सबै तहका नेता–कार्यकर्ताले प्रयास गर्नुपर्नेमा जोड दिए। पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले ठोस योजना ल्याउनुपर्ने उनीहरूको सुझाव थियो।

spot_img

लोकप्रिय

Related Articles