Tuesday, May 26, 2026

बाजुरा जीप दुर्घटना अपडेट : दुई महिलाको मृत्यु, तीन जना घाइते

ताजा / भरखरै प्राप्त

बाजुरा – बाजुराको मार्तडीमा आज (आइतबार) दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् । मृतकमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की गायत्री भट्टको घटनास्थलमै मृत्यु भएको र राधिका भट्टको जिल्ला अस्पताल बाजुरामा मृत्यु घोषणा गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१– ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए । राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन् ।

गायत्री उनको भतिजा बुहारी हुन् । भतिजा मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन् । धामी बाजुराकै गौमूलका हुन् । मोहनदेवले गाडी चलाइरहेका थिए । अर्का आफन्त लोकेन्द्र भट्ट पनि घाइते छन् । भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरको दर्शन गरेर फर्किँदै गरको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ

spot_img

लोकप्रिय

Related Articles