Tuesday, May 26, 2026

बैंकहरूको कर्जा ब्याजदर घटेर ९.१३ प्रतिशत पुगेको, सेयर धितोमा जाने कर्जामा सस्तो ब्याज

ताजा / भरखरै प्राप्त

२०७९ माघमा बैंकहरूले औसत १३.०३ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका थिए, जुन समयमा सेयर धितोमा जाने कर्जामा सबैभन्दा धेरै ब्याजदर १४.५८ प्रतिशत रहेको थियो। तर अहिले बैंकिङ प्रणालीमा भएका अधिक तरलताको लाभ सेयर धितो कर्जा प्रवृत्तिमा देखिन थालेको छ। हालका तथ्यांकअनुसार, सेयर धितोमा जाने कर्जा अहिले औसत ९.१३ प्रतिशत ब्याजदरमा दिइरहेका छन्।

अन्य क्षेत्रमा कर्जाको माग कम भएसँगै बैंकहरूले सेयर धितो कर्जा प्राथमिकतामा राखेका छन्। यसका अतिरिक्त, बैंकहरूले प्रडक्ट शीर्षकको आधारमा दिइने कर्जामा सबैभन्दा कम ब्याजदर ८.०४ प्रतिशत रहेको छ, जुन विपन्न वर्ग कर्जामा लाग्छ।

अल्पकालीन चालु पुँजी कर्जा र मागमा आधारित कर्जामा ८.७३ प्रतिशत ब्याजदर लागिरहेको छ, भने सेयर धितोमा जाने कर्जा ९.१३ प्रतिशतका दरमा दिइरहेका छन्।

क्यास क्रेडिट कर्जा ९.२१ प्रतिशत, बिल खरिद कर्जा ९.२२ प्रतिशत, आवधिक (टर्म) कर्जा ९.३९ प्रतिशत, आवासीय घर कर्जा ९.४२ प्रतिशत, सवारी कर्जा ९.५८ प्रतिशत र घरजग्गा कर्जा ९.६० प्रतिशतका ब्याजदरमा दिइरहेका छन्।

क्षेत्रगत आधारमा कृषि र यससँग सम्बन्धित व्यवसायले सबैभन्दा कम ब्याजदरमा कर्जा पाइरहेका छन्। यो क्षेत्रले ८.२२ प्रतिशतदेखि ८.९० प्रतिशत ब्याजदरमा कर्जा पाइरहेका छन्। तर निर्माण, माछापालन र अन्य केही क्षेत्रले ९.४५ देखि ९.९५ प्रतिशत ब्याजदर तिरिरहेका छन्।

तर, यद्यपि ब्याजदर सस्तो भएको छ, कर्जा लगानी भने कम भएको छ। कात्तिक महिनामा बैंकिङ प्रणालीबाट कर्जा लगानी ४६ खर्ब ३१ अर्ब ४५ करोडमा सीमित भएको छ, जुन असोज महिनामा ४६ खर्ब ३१ अर्ब ८० करोड थियो।

spot_img

लोकप्रिय

Related Articles