Tuesday, May 26, 2026

वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हिजो बेलुका सामाजिक सञ्जालमार्फत लारा नेपाल आउन लागेको जानकारी दिएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका बेला लारा नेपाल आउन लागेका हुन् । तर उनी आउने आधिकारीक मिति खुलाइएको छैन । लारा नेपाल आउँदा अहिले भइरहको एनपीएलले थप उचाइ लिने क्यानको विश्वास छ ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए ।

spot_img

लोकप्रिय

Related Articles