काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउ तोलामै दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ लाख ५४ हजार २ सय कायम भएको हो । हिजो मंगलबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो । दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।

