Tuesday, May 26, 2026

रकम उठाइदिने बहानामा गुण्डागर्दी, पाँच जना प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

काठमाडौँ- वैदेशिक रोजगारी र सहकारी क्षेत्रमा फसेको रकम असुलीका लागि ‘गोर्खा डिफेन्स फोर्स’ (जिडिएफ) नामक समूह बनाएर कानुन हातमा लिएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङका रेखबहादुर पुनमगर (रिदम), ललितपुरका सुमन लो (२६), सिन्धुपाल्चोकका फुर्वा तामाङ (३३), भोजपुरका विक्रम तामाङ (३१), र सिन्धुलीका उत्तर वाइबा (२६) रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, उनीहरूले टिकटकमा विज्ञापन गरेर रकम फिर्ता गरिदिने भन्दै आफ्नो फोर्सको प्रचार गरेका थिए।

प्रहरी अनुसन्धानले कपनस्थित एक सहकारीका म्यानेजरलाई नियन्त्रणमा लिएर उनीहरूको मोटरसाइकल कब्जा गरेको पाइएको छ। सहकारीका म्यानेजरसँग ९० हजार रुपैयाँ असुल गरेपछि मात्र मोटरसाइकल फिर्ता गरिएको थियो।

समूह बनाउने मुख्य योजनाकार पुनमगर जिम प्रशिक्षक समेत हुन्। पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा थप कानुनी कारबाहीका लागि पठाइएको छ।

यो घटनाले कानुनी प्रक्रियालाई छलेर गलत अभ्यासमार्फत समस्या समाधान गर्ने प्रयासको गम्भीरता उजागर गरेको छ।

spot_img

लोकप्रिय

Related Articles