Tuesday, May 26, 2026

काभा भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा हेल्प नेपाल , आज पनि दुई खेल हुँदै

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – लगातार जीत निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हेल्प नेपालले हिजो माल्दिभ्सका एचडीसीलाई ३–१ को सेटमा हराएको हो ।

प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो । जीतसँगै हेल्प नेपालले तीन खेलमा आठ अङ्क जोडेको छ । यसअघि हिजोको पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई हराउँदै इरानको जुनियर टोली सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल इरानको जुनियर टोली र हेल्प नेपालबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ । यस्तै आजै बेलुका पाँच बजे हुने दोस्रो खेलमा नेपालको गण्डकीले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ । फाइनल खेल पर्सि मङ्सिर २९ गते शनिवार हुनेछ ।

spot_img

लोकप्रिय

Related Articles