Tuesday, May 26, 2026

धराैटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – साइबर अपराध कसूरकाे मुद्दामा धराैटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्काे मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डाै परिसरबाटै पक्राउ गरेकाे हाे ।

यसअघि आजै जिल्ला अदालत काठमाण्डाैले साइबर अपराध कसूरकाे मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् ।

प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।

spot_img

लोकप्रिय

Related Articles