बाराको बारागढी गाउँपालिकाले शुक्रबार वडा नम्बर ३ का दलित परिवारलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरेको छ ।
बारागढी गाउँपालिकाले वडा नम्बर ३ का ३० जना माझी परिवारलाई चिसोबाट बच्नका लागि कम्बल बितरण गरेको हो । गाउँपालिकाको प्रांगणमा आज बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल र उपाध्यक्ष लक्ष्मी देवी रायले उक्त कम्बल बितरण गर्नुभएको हो । मधेशमा बढ्दै गएको चिसोबाट दलित परिवारलाई बचाउनको लागि कम्बल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले बताएका छन् । उक्त कम्बल बितरणबाट गरिब माझी परिवारलाई चिसोबाट राहत मिल्ने बिश्वास गरिएको छ।

