पचरौता नगरपालिकामा भईरहेको विकास निर्माणको काममा भईरहेको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बारा संग सुरक्षा माग गर्दा नदिएको भन्दै सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई मौखिक र लिखित रुपमा पचरौता नगरपालिकामा विकास निर्माणमा देखिएको अवरोधका कारण उत्पन्न भएको समस्यालाई समाधान गर्नका लागि शान्ति सुरक्षा माग गर्दा प्रजिअ अधिकारीले सुरक्षाको व्यवस्था नगरेको नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताएका छन् ।
नगरपालिकाले विकास निर्माणका कार्यहरु निर्विवाद रुपमा संचालन भईरहेकोमा नगरपालिका अन्तर्गतकाको वडा नम्म्बर ७ बेनौलीमा सडक ढलान ततथा नाला निर्माेणको कार्यमा केहि व्यक्तिहरुले अटेर गरिरहेको र विकास निर्माणलाई अवरोध गर्न खोजेकाले उक्त ठाउँ खालि गराउन नगरपालिकाले प्रमुख जिल्ला अधिकारी संग सुरक्षाको माग गरेको थियो । प्रजिअ अधिकारी सुरक्षा उपलब्ध गराउन नसकिने मौखिक जवाफ दिएको भन्दै नगरपालिकाले आज सोमबार आफनो मातहतमा रहेका सम्पुर्ण कार्यालयहरुको कामकाज ठप्प पारेको प्रवक्ता यादवले बताएका छन् ।

