धिरेन्द्र ठाकुर
बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले बिधालयको शिलालेखमा आफ्नो नाम लेखाउन खोजेपछि स्थानीयले बिरोध जनाएपछि बिवाद उत्पन्न भएको छ ।

श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय औरियामा बिधालय निर्माणका लागि मधेस प्रदेशको २६ लाखको लागतमा भौतिक संरचना र सुवर्ण गाउँपालिकाको २२ लाख पचास हजारको लागतमा भवनमा प्लाष्टर र रंङरोदन ,झ्याल ढोका निर्माण गरिएको छ । बिधालयको शिलालेखमा गाउँपालिका अध्यक्ष राजेश यादवले आफ्नो नाम र नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवको नाम लिखेको शिलालेख राख्न खोजेपछि बिधालय ब्यवस्थापन समितिको अध्यक्ष बिनोद यादव लगायत स्थानीयले बिरोध जनाएका छन । निर्माण गरिएको एक तल्ले भवनको उपभोक्ता समितिमा अध्यक्ष यादवले आफ्नै भाअन्जा लालबाबु यादवलाई राखेर २२ लाख ५० हजारको काम दिइएको छ । सुवर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत काम अधुरो गराईएको ,भवनको पछाडिको भागमा प्लाष्टर छोडिएको अवस्थामा रहेका छन । स्मरणहोस बिधालयको शिलालेखमा गाउँपालिका अध्यक्ष यादवले नाम लेखाउने बिषयलाई लिएर स्थानीय बिच बिवाद उत्पन्न भएपछि झडप हुने अवस्था समेत सृजना भएको थियो । बिधालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामएकबाल साह ,स्थानीय अभिभावकहरुको सहभागिता रहेको थियो ।

