Tuesday, May 26, 2026

सुवर्णमा किशोरीहरुलाई फाल्गुन ४ गतेबाट एच.पि.भि. खोप लगाईने

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर
सुवर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

सुवर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको कार्यालयमा मंगलबार सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा सुवर्ण गाउँपालिकाको ३ हजार ५ सय जना किशोरीहरु लाई फाल्गुन ४ गतेदेखि ८ गतेभित्रमा एच.पि.भि. खोप लगाईने शाखा प्रमुख सुजित कुमार यादवले बताउनु भएको छ । खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख यादवले बताउनु भएको छ । अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई विद्यालयमा र विद्यालय जान नसक्ने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई समुदायमै गएर खोप प्रदान गरिने शाखा प्रमुख यादवले बताउनु भयो ।

कार्यक्रममा खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारी, जनप्रतिनिधि, सरोकारवाला निकाय, संचारकर्मि, सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles