Tuesday, May 26, 2026

गाँजा समात्ने प्रहरी हवल्दारको सरुवा

ताजा / भरखरै प्राप्त

बाराको ईलाका प्रहरी कार्यालय कोल्हवीले विशेष सूचनाको आधारमा फाल्गुन २६ गते दिउँसो ५६ किलोग्राम लागूऔषध गाँजा बरामद गर्याे । इलाका प्रहरी कार्यालय कोल्हवीमा कार्यरत प्रहरी हवल्दार बच्चालाल यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका ५ कुमारगढीबाट सोनाभार टोल तर्फ जाँदै गरेको अवस्थामा नम्बर नखुलेको मोटरसाईकल बाट ५६ किलोग्राम लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो ।

प्रहरीले २७ गते प्रेश विज्ञप्ती जारी गरी प्रहरी हवल्दार बच्चालाल यादवको कमाण्डमा गाँजा बरामद गरेको भनिरहँदा २४ घण्टा नबित्दै गाँजा समात्ने प्रहरी हवल्दार यादवलाई उनको दरबन्दी भएको ठाउँमा रमाना दिएर पठाईएको छ । २०८० साल मंसिरको १५ गते नै प्रहरी हवल्दार यादवको सरुवा इलाका प्रहरी कार्यालय बोयांग, भोजपुर सरुवा भएपनि उनी रमाना लिएका थिएनन् ।

१३ महिनादेखी इलाका प्रहरी कार्यालय कोल्हवीमा कार्यरत रहेका हवल्दार यादव गाँजा तस्करहरुको निशानामा परेपछि उनको सरुवा गरिएको हो । गाँजा तस्कर रमत चौधरीको २ क्विन्टल गाँजा समातेदेखि नै तस्कर समूहको निशानामा परेका यादव २६ गते जितेन्द्र चौधरीको ५६ किलोग्राम गाँजा समातेपछि झन आँखाको कसिंगर बनेका थिए ।

तर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले भने नियमित प्रकृया अन्तर्गत रमाना दिएका बताएका छ्न । प्रवक्ता पण्डितले माथिबाट सरुवा भएका प्रहरीहरुलाई दरबन्दी भएको ठाउँमा पठाउने निर्देशन भएकाले त्यसै अनुरुप रमाना दिएर पठाईएको दाबि गरेका छन् ।
गाँजा तस्करीको सबभन्दा सजिलो रुटको रुपमा रहेको तामागढी-कोल्हवी-सिम्रौनढ रुट पछिल्लो समय गाँजा तस्करीको सहज रुट बन्दै गएको छ । मकवानपुर बाट बाराको रतनपुरी हुँदै कोल्हवी देखी सिम्रौनगढ भएर भारत तस्करी हुने लागूऔषध गाँजाको तस्करी त्यस क्षेत्रका नेताहरुको संरक्षण र लगानिमा हुने गरेको पछिल्लो तथ्यहरुले देखाएको छ ।

spot_img

लोकप्रिय

Related Articles