Tuesday, May 26, 2026

नेपाली सेनाले निर्माण गरेको पार्क कलैया उपमहानगरपालिकालाई हस्तान्तरण

ताजा / भरखरै प्राप्त

श्री ज्वालादल गणले कलैयाको भरतचोकमा नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरेको पार्क आज बुधबार एक कार्यक्रमका बिच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाबाट प्राप्त आर्थीक स्रोत साधनबाट श्री मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशन तथा श्री नं. २८ वाहिनी अड्डाको सुपरिवेक्षणमा नेपाली सेनाको सिघ्र प्रभावी योजना अनुसार श्री ज्वालादल गणले कलैयाको भरतचोकमा सन १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरेको पार्क कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

ज्वालादलका प्रमुख सेनानी कुमार खडका तथा सकलदर्जाहरुको अथक प्रयासमा बारागढीमा भएको नेपाल अंग्रेज युद्धमा स्थानीयको योगदानलाई उजागर गर्ने उदेश्य अनुरुप निर्माण गरिएको पार्कलाई आज बुधबार एक कार्यक्रमका बिच कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

ज्वालादल गणले भरतचोकमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जि.सी.ले झण्डोत्तोलन गरी कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहलाई पार्क हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी जि.सी.ले नेपाली सेनाले निर्माण गरेको यो पार्कको संरक्षणको जिम्मेवारी अब कलैया उपमहानगरपालिकाको काँधमा गएको बताउनु भएको छ ।

ज्वालादल गणले निर्माण गरेको पार्कमा बारागढी युद्धको दौरान स्थानीय जनताले नेपाली सेनासंग हातेमालो गरी सेनालाई गरेको सहयोगको बखान गरीएको शिलालेख सहित दुईजना सिपाहिको प्रतिमा निर्माण गरीएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खडकाले बताउनु भएको छ ।

 

spot_img

लोकप्रिय

Related Articles