मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज बाराको कलैयामा सञ्चालनमा रहेका १२ वटा निजि अस्पतालहरु बन्द गर्न निर्देशन दिनुभएको छ ।
शनिबार उनले प्रादेशिक अस्पताल र कलैयामा रहेको निजी अस्पताल तथा पोलिक्लिनिकहरुको अनुगमन गर्ने क्रममा मापदण्ड पुरा नगरेका १२ वटा निजि अस्पताल तथा पोलीक्लिनिक बन्द गर्न निर्देशन दिनुभएको हो ।
बन्द गर्न निर्देशन दिईएको अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत अस्पतालमा शैल्यक्रिया, आकस्मिक कक्ष तथा नवजात शिशुको आकस्मिक कक्ष संचालन गरेको पाईएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
अनुगमनका क्रममा कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटल लाई बन्द गर्न निर्देशन दिएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले बताउनु भएको छ ।

