Tuesday, May 26, 2026

के दिलिप जयसवालको हुण्डी समूह बारा र पर्सामा सक्रिय भएका हुन् ?

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार कार्यालय नजिकै सवारी चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन् ।

उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिई भन्सार तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस घटनाले सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा रकम ओसारपसार हुने गतिविधि अझै सक्रिय रहेको संकेत गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

माथिको समाचार यात्राडेली अनलाइन बाट साभार गरिएको छ ।

के दिलिप जयसवालको हुण्डी समूह बारा र पर्सामा सक्रिय भएका हुन् ?

रौतहटको सदरमुकाम गौर संग सिमा जोडिएको विभिन्न नाकाबाट अवैध रुपमा हुण्डीको कारोबार गर्दै आएका बैरगनियाका दिलिप जयसवालको समूहको बारेमा लगातार रुपमा विभिन्न मिडियामा समाचारहरु आउन थालेपछि अहिले उक्त समूहका सदस्यहरु कारोबारको रुट परिवर्तन गर्दै हिडेका छन् ।

उक्त समूहले गर्ने अवैध हुण्डीको कारोबार बारे लगातार रुपमा समाचारहरु प्रकाशन भएपछि भारतीय गुप्तचर एजेन्सीले समेत भित्रि रुपमा अनुसन्धान अघि बढाएपछि उक्त समूहका सदस्यहरु दिलिप जयसवाल र कौशल जयसवाल मोतीहारीको फुलवरीया ढाका छेउछाउमा लुकेर बसेका छन् ।

शुक्रबार दिउँसो दिलिप जयसवाल समूहका बमशंकर चौधरी भन्ने व्यक्ति बाराको कलैयामा गाडिमा घुमिरहेको समाचार स्रोतले देखेका थिए करिब २ बजेको समयमा बमशंकर चौधरी कलैया बजारमा घुम्नु र साझँ स्काँर्पियो गाडि वीरगंजमा पैसा सहित पक्राउ पर्नुले कें हुण्डी कारोबारी दिलिप जयसवालको समूह बारा र पर्सामा सक्रिय भएका हुन् ? भन्ने प्रश्न उठेको छ ।

हुण्डी कारोबारको ठुला जालो बुनेका दिलिप जयसवाल समूहको हुण्डीको नेटवर्क काठमाण्डौ सम्म फैलिएको छ । काठमाण्डौको हनुमान ढोका माखन गल्लीमा कावेरी सारी कलेक्शन चलाएर बसेका भारतको बिहारका मुन्ना कुमारले काठमाण्डौमा हुने कारोबारको मुख्य पार्टनर हुन् । यदि नेपाल प्रहरीले यस समूहका मास्टरमाईण्ड भनिएका बमशंकर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने हो भने यो समूहको सबै कारोबार बारे प्रष्ट हुनेछ ।

spot_img

लोकप्रिय

Related Articles