Tuesday, May 26, 2026

पूर्वाधार विकास कार्यालय बारामा निलम्बीत कार्यालय प्रमुख राजेन्द्र साह र लेखा प्रमुख प्रजापतिको दबदबा, रिम्पु बनिन रबर स्टाम्प

ताजा / भरखरै प्राप्त

जेठ २९, बारा । पूर्वाधार विकास कार्यालय बारामा निलम्बीत निमित्त प्रमुख राजेन्द्र प्रसाद साह र लेखा प्रमुख मुकेश प्रजापति अहिले आर्थिक तान्डव मच्चाएका छन् । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय बाट जिल्लामा संचालन भइरहेका योजनाहरुमा निलम्बीत प्रमुख साहले हाकाहाकि कमिशनको रकम उठाइरहेको कार्यालय स्रोतको दाबी रहेको छ ।

भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका तत्कालिन निमित्त प्रमुख साहले योजनाहरु ठेकेदार संग बेचेर गाउँमा उपभोक्ता समिति बनाई काम गर्न लगाएको र त्यस वापत कार्यालयलाई आउने कमिशन उठाइरहेको स्रोतको दाबि रहेको छ ।

निलम्बीत प्रमुख साहले वीरगंज स्थित आफ्नो घरमा ठेकेदारहरुलाई बोलाएर फाइल मिलाउने काम गर्ने गरेको र लेनदेन मिलेपछि लेखा प्रमुख मुकेश प्रजापतिलाई भुक्तानीको लागि लगाउने गरेका छन् ।

निलम्बनमा परेका कार्र्यालय प्रमुख साह यतिकैमा रोकिएका छैनन् उनी निलम्बनमा परेपनि कार्यालयको नाममा दर्ता रहेको ९८५५०४९५४१ नम्बरको मोबाईल आफैले चलाइरहेका छन् भने कार्यालयको गाडि पनि प्रयोग गरिरहेका छन् ।

हालका निमित्त प्रमुख रिम्पु कुमारी यादवलाई सहिछापको मात्र अधिकार दिएका निलम्बीत कार्यालय प्रमुख साहले कार्यालयमा हुने सम्पूर्ण कामकाजको निर्णय अहिलेपनि आफैले गर्ने गरेको कार्यालय स्रोतको दाबी रहेको छ ।

केहि दिन अघि बजेट माग गर्न कार्यालयका लेखा प्रमुख प्रजापतीलाई साथमा लिएर आफै जनकपुर पुगेका निलम्बीत कार्यालय प्रमुख साहले बाराका केहि प्रदेश सभा सदस्यलाई आफ्नो प्रभावमा पारी अहिले जिल्लामा आर्थिक तान्डव मच्चाएका छन् ।

तर निलम्बनमा परेका कार्यालय प्रमुख साहले भने सबै आरोपहरु निराधार रहेको बताएका छन् । उनले आफ्नो व्यक्तिगत कामको लागि जनकपुर गएको र त्यही दिन बेलुकाको फ्लाईटले काठमाण्डौ पुगेको साहले बताएका छन् । साहले कार्यालयको नाममा दर्ता रहेको नम्बरको मोबाइल बाट नै कुरा गर्दै अहिले कुनै पनि कार्यालयको सुविधा प्रयोग नगरेको बताएका छन् ।

यता लेखा प्रमुख मुकेश प्रजापतिले भने आफु अहिलेका कार्यालय प्रमुख रिम्पु कुमारी यादवले भने अनुसारको काम गरिहरको बताएका छन् । उनले भने “म अहिलेको हाकिमले भने अनुसार काम गर्छु अरु संग केहि मतलब हुदैन् ।”

यस विषयमा बुझ्नको लागि निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवलाई उनको मोबाईल नम्बर ९८४९१९५६०७ मा ३ पटक फोन गर्दा पनि उनले फोन उठाइनन् ।

spot_img

लोकप्रिय

Related Articles