जेठ ३०, बारा । स्रोत नखुलेको १३ लाख भन्दा बढी रुपैया सहित जिल्ला प्रहरी कार्यालय बाराले एकजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिकाको विमानस्थल चोकमा चेकजाँचको क्रममा स्रोत नखुलेको १३ लाख ७ हजार ५ सय रुपैया सहित पर्साको वीरगञ्ज महानगरपालिका १६ का सुरज कुशवाहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताउनु भएको छ
प्रहरीको अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २ विमानस्थल सडकमा बिशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले पैसा सहित कुशवाहालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले कुशवाहाको साथबाट स्रोत नखुलेको नगद १ हजार दरको नोट १ हजार ६७ थान, ५०० दरको नोट ४ सय ८० थान र १ सय दरको नोट ५ थान गरी जम्मा नेपाली रुपैया १३ लाख ७ हजार ५ सय रुपैया प्रहरीले बरामद गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको कुशवाहा माथि हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनसुन्धान कार्य गरीरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनु भएको छ ।

