Tuesday, May 26, 2026

सामाजिक सुरक्षा भत्ता वितरणमा सास्ती : पारदर्शिता त आयो, तर सहजता अझै टाढा

ताजा / भरखरै प्राप्त

धर्मेन्द्र कुमार साह
साउन २०, गौर । राजदेवी नगरपालिका वार्ड नम्बर ४ मा नेपाल बैंक लिमिटेडको शाखा छ । राजदेवी नगरपालिका कार्यालयबाट वितरण हुने सामाजिक भत्ता सोहि बैंक मार्फत वितरण हुनेगर्छ । राजदेवी नगरपालिका वार्ड नम्बर ३ बस्ने ११० वर्षीय अनुठा राउतले सामाजिक सुरक्षा बापतको बाह्र हजार रुपैया बुझिसक्नु भएको छ l करिब २ वर्ष अगाडी देखि वहा पक्षघात भए संगै हिडडुल गर्न सक्नु हुन्न । तर सामाजिक सुरक्षाको रकम बुझ्न वहालाई आफ्नो घर देखि करिब ३ किलोमिटर टाढा रहेको बैंक जानु पर्छ l बैंकमा पनि वहालाई घन्टौ लाइन बस्नु पर्छ  । उनलाई त्यो पीडादायी क्षण नआईदिए हुन्छ जस्तो लाग्छ  तर पैसा पाउने आसामा वहा प्रत्येक ३ महिनामा बैंक जाने गर्नुभएको छ ।

वहा प्राय आफ्नो बुहारी संग बैंक जाने गर्नुहुन्छ । वहाले कयौ पटक बैंकमा आफ्नो स्वास्थ्य अवस्था देखाउदै आफ्नो बुहारीलाई रकम दिन बैंककर्मी संग आग्रह गरेको बताउनुहुन्छ । “ म लाई हिडडुल गर्न सहज छैन । आफैले बस्न पनि सक्दिन तर पैसा पाउने आशामा बैंक जान्छु” उनले बताए l वहा संगै बैंक जाने उनकी बुहारी मंजु देवी झनै पिडामा छिन l उनले बैंक कर्मचारीको ब्यबहारबाट आफुलाई दुख लागने गरेको बताउछिन । “ ३०० रुपैया भाडा दिएर इलेक्ट्रिक रिक्सा रिजर्भ गरेर बैंक जाने गर्छु । रिक्सामा त जसोतसो सम्हाल्न सकिन्छ तर बैंक पुगे पछी बैंक कर्मचारीले बुवालाई बैंक भित्र ल्याउन कर गर्छ l यो सामान्य कार्य होइंन l मैले एक्लै बोकेर बैंक भित्र लिएर जादा पनि घन्टौ लाईन बस्नु परेको छ l” मंजुले दुख प्रकट गरिन् l उनले बैंकमा सामाजिक सुरक्षा भत्ताको लागि जाने गरेका लाभग्राहीहरु संग कमचारीहरुले असभ्य र अमर्यादित ब्यबहार गरेको महसुस गरेको बताउछिन l “ भत्ता बुझ्न आउने अधिकांस यस्तै हुन्छन l हिडडुल गर्ने समस्या हुन्छ, पढेलेखेका हुदैनन् l यस्तोमा बैंकका कर्मचारीहरुलाई झन सहज हुनु पर्नेमा ब्यबहार खरो हुदा मन खिन्न हुन्छ” मंजुले आफ्नो दुख पोखिन् l

रामकली देवी सोहि वार्डमा बस्छिन l इनले हालै आफै आफ्नो भत्ताको रकम बुझेर आएकिछिन l उनि भत्ता पाउने दिन बिहानै ७ बजे नै घरबाट हिडेको बताउछिन l “ बैंकमा सार्है भिड हुन्छ l लाभग्राहीहरु समय अगावै बैंकमा पुगी लाइन बस्छन , ढिला भयो भन्ने झन भिडमा फसिन्छ कि भन्ने डरले बिहानै हिड्छु , कुनै बेला खाना खाएर जान्छु, कुनै बेला भोकै l” रामकली देवी बताउछिन l कर्मचारीले झर्केर बोल्नुलाई उनले भन्ने खासै समस्या मानेकी छैनन् l “ भिडभाडमा कर्मचारी रिसाएर बोल्नु स्वाभाविक छ l पैसा लिन त लाइन बस्ने पर्यो l जाने बितिक्कै कसरि हुन्छ र ?” उनले प्रश्न गरिन l

ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांगता र बालबालिकाको पोषण भत्ता यस अघि गाबिस/ वार्ड सचिवहरु मार्फत घरमै पुर्याएर बादिदै आएको सामाजिक सुरक्षा भत्ता पारदर्शिता कायम गर्न भन्दै बैंकहरु मार्फत बितरणको ब्यबस्था मिलाईए पनि सेवाग्राहीलाई सहज हुन् सकेको छैन l सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसारको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन् ।

ईशनाथ नगरपालिका मा राष्ट्रिय बाणिज्य बैंक मार्फत सामाजिक सुरक्षा वितरण गरिन्छ l बाणिज्य बैंकको सो शाखा वार्ड ३ औरैयाको गिरि टोलमा रहेको एक दुई तल्ले घरको माथिल्लो तल्लामा छ l सामाजिक सुरक्षा भत्ता वितरण हुने दिनहरुमा बैंकमा भिड लाग्नुको साथै अपाङ्गता भएका तथा असक्त बृद्धहरुलाई माथिल्लो तल्लामा चढ्दै गरेको कारुणिक दृश्य सजिलै हेर्न सकिन्छ l सामान्य रुपमा असक्त र अपांगता भएका व्यक्तिहरुको लागि भुई तल्लामै सेवा प्रवाहको ब्यबस्थापन गर्नु उपयुक्त हुदा पनि सो बैंकले माथिल्लो तल्लाबाट सेवा दिदा सेवाग्राहीहरुलाई सास्ती खेप्नु परेकोछ l
ईशनाथ नगरपालिका वार्ड नम्बर ९ लौतना निवासी जोबैर मिया धुनिया असक्त अवस्थामा पनि बैंकको माथिल्लो तल्लामा जान बाध्य छन् l उनलाई आफ्नै खातामा आएको आफ्नै रकम निकाल्न पनि उनलाई ठुलो मूल्य चुकाउनु परेको छ l उनि कोई आफन्तको सहारामा मात्रै बैंक जान्छ l जादा आउदा गाडी भाडामै ६०० देखि ८०० सक्छ l उनलाई बैंकमा घन्टौ लाईनमा बस्नु पर्दा झनै अप्ठ्यारो हुन्छ l उनि जस्तै सैयौ सेवाग्राही सामाजिक सुरक्षाको रकम पाउन यसरीनै संघर्ष गरिरहेको छ l
राजपुर नगरपालिका वार्ड नम्बर १ भगवानपुर बस्ने ८५ वर्षीय शेख लेयाकतलाई सामाजिक सुरक्षा भत्ता वितरण हुने दिनहरुलाई याद गर्दा डराउनुहुन्छ l उनि भत्ता वितरणको लागि तोकिएका दिनहरुमा भोकै बिहानै बैंक पुग्छन l उनले SBI बैंक मार्फत सामाजिक सुरक्षा भत्ता पाउदै आएको छ l बैंक वहाको घर देखि करिब ४ किलो मिटर टाढा नगरपालिका कार्यालयकै छेउमा छ l वहा संग बैंक सम्म पुग्ने गाडी भाडा पनि हुदैन l अरु संग सापटी लिएर बैंक पुग्ने उनि बैंकका कर्मचारीको ब्यबहार तथा अशिस्ट बोलीले अपमान महसुस गर्नु हुन्छ l “ भिडमा बैंक कर्मचारीले गर्ने ब्यबहारले चित दुख्छ , कसैलाई भन्न सक्दिन l” उनि बताउछन l पछील्लो समय उनलाई पक्षघातले झन आसक्त बनाइदिएपछि सामाजिक सुरक्षा भाता बुझ्नु झन् ठुलो चुनौती बनेको छ l

दुखनी महतोको घर गुजरा नगरपालिकाको वार्ड नम्बर २ कटानीमा पर्छ l उनलाई सामाजिक सुरक्षा भत्ताको लागि NIC एशिया बैंकको चंद्रपुर शाखामा आउनु पर्छ l प्रत्येक ३-३ महिनामा पाउनु पर्ने भत्ता उनले कहिले काही ६ महिना सम्म पनि पाउन नसकेको दुख व्यक्त गर्छिन l
“ बैंक आउन जान अप्ठेरो छ l टाढा भएकोले गर्दा सामुहिक अटो बुकिंग गरेर बैंक जाने गर्छौ , बैंकमा अत्याधिक भिड हुने हुदा १० बजे भन्दा अगाडी नै बैक पुगेर कुर्नुपर्ने हुन्छ l लामो समय लाइनमा बसेको अवस्थामा पनि बैंकले पैसाको कारोबार गर्न आउने हरुलाई पहिलो प्राथमिकता दीएर भत्ता वाला हरुलाई समय लगाउने गर्छ l” दुखनीले दुख व्यक गरे l उनले बैंकमा कम्तिमा पनि ३ घन्टा लाग्ने गरेको बताइन l उनले घरमै पैसा पाउने कुनै उपाय गरिदिन सरकारलाई आग्रह गरिन् l

चंद्रपुर नगरपालिका वार्ड नम्बर ८ मोतिपुर निवासी विनिता कुमारी साह चंद्रपुरमा रहेको
लक्ष्मी सनराइज बैंकमा प्रत्येक ३ महिनामा पुग्छिन l उनि बालबालिकाको पोषण भटा बुझ्न बैंक जान्छिं l कहिलेकाही ४-५ महिनामा पनि पैसा आउने गर्छ l तर उनि बैंकमा कहिले सहज महसुस गर्दैनन् l बच्चा बोकेर बैंक पुग्ने उनि बच्चा रुदा बैंककर्मी बाट गालि खानुपर्छ l
“बच्चा लिएर बैकमा जादा बच्चा रुने कराउने हुदा कर्मचारी हरुले गालि गर्ने र बाहिर पठाइदिने गर्छन l अब बच्चाको स्वाभावनै रुने हल्ला गर्ने हो l कि त काम छिटो गर्दिनु पर्छ l” बिनिता बताउछिन l

सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजान अघि वडा सचिवले घर–घरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए। तर, सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको बैंकले हाल टोल–टोलमा पुगेर भत्ता वितरणको व्यवस्थापन गर्न नसकेको लाभग्राहीको गुनासो छ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि पारदर्शीता कायम गर्न सहयोग पुगे पनि हिँडडुल गर्न नसक्ने अशक्तको सवालमा समस्या निमितिएको छ l

राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलभ कायस्तले पनि केहि लाभाग्राहिलाई समस्या भैरहेको स्वीकार गर्नुहुन्छ l वहाको बिचारमा बैंकले चाहेमा यो समस्या समाधान गर्न गर्न गाह्रो नरहेको तर बैंकहरुमा सिमित जनशक्तिको कारण समस्या देखिएको छ l
“ यस्ता समस्याहरुको बारेमा नगरपालिका जानकार रहेको र बैंक संग निरन्तर संवाद हुन्छ l तर बैंकहरुले जनशक्ति अभाव तथा राष्ट्र बैंकको नीति देखाउदै वस्ती जान मानेको हुदैन l बैंकहरुले चाहेमा २-३ दिनमै समस्या समाधान हुन्छ तर हुन् सकेको छैन l” वहाको दावी छ l
उनले बैकिंग विधिमा अर्को समस्या पनि आएको बताए l “पालिकाहरुले प्रथम त्रैमासिकको भत्ता असाढमै पठाई सक्या हुन्छ l दसैँ तिहार तथा छठलाई ध्यानमा राखी पैसा खातामा पठाए पनि बैंकहरुले आफ्नो अनुकुल हुने गरि छठ पछी सम्म पनि बाडिरहेको हुन्छ l यसलाई रोक्न हामीले बैंकलाई धेरैमा पत्राचार सम्म गर्न सक्छौ तर बैंक पालिकाको मातहतमा नरहेकोले समस्या समाधान हुन् सकेको छैन l” उनि बताउनुहुन्छ l

तर बैंकको कर्मचारीहरु भन्ने गम्भीर देखिन्न l बैंक कर्मचारीहरुले नागरिक समस्या भन्दा पनि आफ्नै प्रशासनिक समस्यामा लाई प्राथमिकता दिन्छ l “ बैंकमा सामाजिक सुरक्षा बाहेकका कयौ कामहरु हुन्छन l सबै जना त्यसै काममा लाग्ने कुरो भएन l पालिकाहरुमा बैंकको शाखा भए पनि पर्याप्त जनशक्ति हुदैन l गाउमा शिबिर चलाउन नसकिने एक जना बैंककर्मी नाम नबताउने शर्तमा बताए l

spot_img

लोकप्रिय

Related Articles