Tuesday, May 26, 2026

साना किसान मनहर्वाको २३ औं साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश वितरण घोषणा

ताजा / भरखरै प्राप्त

असोज २४, बारा । जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुक्रबार कलैया उपमहानगरपालिका २ स्थीत अमर माध्यमिक विद्यालय परिषरमा साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष मिश्रिलाल सहनीले सभाका उद्घाटन गर्नु भएको थियो ।


प्रमुअ अतिथी समेत रहनुभएका सहनीले एउटा कुशल सहकारी संस्था निर्माणमा बर्षौं लाग्ने तर विगार्न समय नलाग्ने भन्दै हजक भई कारोबार गर्नुपर्ने बताउनु भयो । उवाँले सहकारी संस्थाहरुले ग्रामिण क्षेत्रको आर्थिक जीवनमा मुटुको काम गरिरहेको भन्दै कर्जा नतिर्ने र आलटाल गर्नेहरुबाट सचेत हुनुपर्ने बताउनु भयो ।
यस्तै साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. हेटौंडाका प्रमुख भोलानाथ रेग्मीले सहकारी सदस्यहरुले एकै संस्थालाई आधार बनाएर कारोबार गर्दा लाभ हुने बताउनु भयो । साना किसान अभियानले कसैसँग प्रतिस्पर्थानै गर्न नसक्ने गरी सहुलिय रुपमा कर्जा लगानी गर्ने, महिला शसक्तीकरणमा जोडदिने, क्षमता विकास आयआर्जमा टेवा पुर्याउने लगायत दर्जनौं सफल काम गरिरहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं.२४ का अध्यक्ष हिरालाल चौधरी, वडा नंं.२ का राजेश कुमार महत्तो, साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाका अध्यक्ष पुनदेव प्रसाद रौनियार, सपहिका प्रबन्धक अरुण चौधरी लगायतले बोल्नु भएको थियो ।
सहकारीले बार्षिक साधारणसभाका अवसरमा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, असल दुग्ध उत्पादक, कृषि सामाग्री खरिदकर्ता, पूर्व संचालक सहित २५ जनालाई दोसल्ला प्रमाणपत्र र एकएक थान कुकर सहित सम्मानित गरेको छ । संस्थाले कार्यक्षेत्रका ४ वटा अन्तरसमुह र उक्तरझिट्कैंया सेवा केन्द्रलाई उत्कृष्ठताको रुपमा पुरस्कत गरेको संस्थाले जनाएको छ ।


सभाले १४ प्रतिशतका दरमा सदस्यहरुलाई शेयर बोनस वितरण गर्ने, योगदानका आधारमा विभिन्न विधामा शंरक्षीत पूँजीको फिर्ता गर्ने लगायत अडिटर नियूक्ती र पारिश्रमीक तोक्ने, हरैयामा रहेको सहकारी एकिकरण लगायत १५ वटाबढी महत्वर्पू निर्णय गरेको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।
३ हजार ८ महिला सदस्य रहेको संस्थाले दुग्ध संकलन, पशुशुरक्षण, सदस्य शुरक्षा, कजर्जा, बचता, विउ प्रशोधन उद्योग, कष्टम हायरिङ्ग सेन्टर र कृषि प्राविधिकको ब्यवस्था सहित कृषि सामाग्री विक्रि कक्ष समेत संचालन गर्दैआएको अध्यक्ष खड्काले जनाउनु भयो ।
महिला लक्षीत सिपमुलक तालिम तथा कार्यक्रमहरुमा काम संस्थाले काम गर्दै आएको छ । ब्यूटि पार्लर, साबुन सरफ, धुप बनाउने, बचत तथा कर्जा ब्यस्थानमा महिलाको भुमिका र तीज विशेष कार्यक्रम गर्ने गरेको उवाँले बताउनुभयो ।
अध्यक्ष खड्काको संस्थागत , लेखा समिति संयोजक सुनिता सापकोटाको बार्षिक लेखा प्रतिवेदन सभाले सुझाव सहित पारित गरेको छ ।
सभा उपाध्यक्ष श्यामता कुमारीको स्वागत एवं मुख्यप्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

spot_img

लोकप्रिय

Related Articles