Tuesday, May 26, 2026

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै जेनजी एण्ड युथ अफ बाराको आपत्ति

ताजा / भरखरै प्राप्त

कार्तिक २४, बारा । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी द्वारा हालै गरिएको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै जेनजी एण्ड युथ अफ बाराले कडा आपत्ति जनाएको छ । संगठनले सोमबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ विपरीत ढंगले गरिएको नियुक्तिले लोकतान्त्रिक मूल्य र परम्परामाथि आघात पुर्‍याएको आरोप लगाएको हो ।

विज्ञप्तिमा अनुसार स्वास्थ्य समस्याको बहानामा काठमाण्डौ हिडेंकी प्रदेश प्रमुख भण्डारीले असंवैधानिक बाटोबाट नेकपा एमालेका संसदिय दलको नेता सरोजकुमार यादवलाई होटेलबाट नै मुख्यमन्त्रीको नियुक्ति संविधान सम्मत प्रक्रिया पूरा नगरी गरिएकोले तत्काल सच्याउन माग गरेको छ । संगठनले यस्तो कदमले प्रदेशको राजनीतिक स्थायित्व र संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएको उल्लेख गरेको छ ।

“मधेश प्रदेशको राजनीतिक स्थायित्व, मर्यादा र स्वाभिमान जोगाउनुपर्नेमा प्रदेश प्रमुखले असंवैधानिक निर्णय गरी लोकतान्त्रिक अभ्यासमाथि धक्का पुर्याएको” विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा १६८ (२) अनुसार आवश्यक बहुमत प्राप्त नगरी गरिएको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै संगठनले सो निर्णय तत्काल खारेज गर्न प्रदेश प्रमुख र संघीय सरकारसँग माग गरेको छ ।

जेनजी एण्ड युथ अफ बाराका अनुसार धारा १६८ (३) अन्तर्गतको व्यवस्था अनुसार संसद्मा बहुमत नभए वैकल्पिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख रहेपनि यस घटनामा लागू नहुने स्पष्ट भएकोले संविधानको मर्म विपरीत गरिएको नियुक्तिलाई “कानूनी र राजनीतिक दृष्टिले अमान्य” ठहर गर्न आग्रह गरिएको छ ।

संगठनले प्रदेश प्रमुख भण्डारीद्वारा गरिएको कदमले संघीयताको भावना र संविधानको मर्यादामा ठेस पुर्‍याएको दाबी गर्दै, नेपालको संविधान र कानुनी शासनको रक्षा गर्न संघीय सरकारलाई तुरुन्त हस्तक्षेप गर्न पनि माग गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles