राकेश यादव
रौतहट, फाल्गुन ०२।। जनता समाजवादी पार्टी नेपालको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका योगेन्द्र राय यादवले आफ्नो चुनावी भेटघाट तिब्र पारेका छन् । फाल्गुन २१ मा सम्पन्न हुने निर्वाचनको लागि चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले विभिन्न एजेन्डा लिएर मतदाता समक्ष पुग्ने गरेका हुन् ।
रौतहट निर्वाचन क्षेत्र १ को सबै भन्दा जेन जी उम्मेदवारको रुपमा प्रस्तुत गर्दै योगेन्द्र राय यादव आफ्नो पक्षमा मतदातालाइ ल्याउनको लागी घर घरमा पुग्ने गरेका हुन् । रौतहट क्षेत्र नम्बर १ मा विकास निर्माण देखि सामाजिक विकास गर्ने प्राथमिकता लिएर घर दैलो गर्नमा व्यस्त देखिएका यादवले सामाजिक न्याय ,समानता ,अधिकार ,संघियता ,गन्त्रन्त्रको लागि जनता समाजवादी पार्टी नेपाल नै अग्रणी भूमिका खेल्ने भएकोले जसपा नेपालको पक्षमा मत दिनु पर्ने मतदातालाइ आग्रह गरिरहेका देखिएका छन् ।
रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा मतदाता संग भेटघाटको क्रममा उम्मेदवार यादवले मधेशी जनतालाइ संविधानमा हक अधिकार सुनिश्चित गर्न जनता समाजवादी पार्टी नेपाल एक मात्र विकल्प रहेको बताए । अधुरो पुल निर्माणको कार्य सुचारु गराउने , क्षेत्रको विकास ,शिक्षा ,स्वास्थ्य ,रोजगारी , खेलकुद ,महिलाको न्याय ,युवाको रोजगारी आफ्नो प्रमुख एजेन्डा भएको बताए ।
सदियौ देखि शासन गर्दै आएका नेपाली कांग्रेस ,नेकपा एमाले गत भदौ २३ र २४ को काठमाडौँ लगायत देश भरि नै भएको आन्दोलनको कारण भएको ठहर गरे । उम्मेदवार यादवले भने ७६ जना युवाको हत्या को दोषी त्यो बेलाको सरकारमा सहभागी भएका राजनीतिक दल नै भएकोले यो निर्वाचनमा त्यो दल संग सचेत हुनु पर्ने अहिलेको आवश्यकता रहेको छ ।
जनताको सेवामा दिन रात रहदै आएको भन्दै यादवले मतदाता भगवान रहेको बताए । जनताको सेवक भएर सेवा गर्ने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएकोले सहयोग गर्न आग्रह समेत गरेका हुन् ।
रौतहट क्षेत्र नम्बर १ मा पुर्व प्रधानमन्त्री ,मन्त्रि र राज्य मन्त्रि चुनावी मैदानमा देखिएकोले रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपाली कम्युनिस्ट पार्टी , पुर्व उद्योग मन्त्रि अनिल कुमार झा नेपाली कांग्रेस ,पुर्व कृषि राज्य मन्त्रि योगेन्द्र यादव जनता समाजवादी पार्टी नेपाल , अजय कुमार गुप्ता नेकपा एमाले , राजेश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
निर्वाचनमा भाग लिएका रौतहटको चारै निर्वाचन क्षेत्रका उम्मेदवारहरु आ आफ्नो निर्वाचन क्षेत्रमा मतदाता संग भेटघाटलाइ निरन्तरता दिएपछि रौतहटमा चुनावमय बातावरण सृजना भएका छन् ।

