Tuesday, May 26, 2026

रौतहटका चारै क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट ।। आसन्न प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते भएको निर्वाचनमा रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ। निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नभई शान्तिपुर्ण रूपले सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सुरक्षित र व्यवस्थित बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो। सुरक्षा निगरानी कडा पारिएकाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबै क्षेत्रको मतपेटिकाहरू संकलन गरि सम्बन्धित मतगणना स्थलमा ल्याउने काम भइरहेको र मतगणना गर्ने तयारी समेत भइरहेको निर्वाचन अधिकृत छोटेलाल दासले बताउनु भएको छ । रौतहट क्षेत्र नम्बर १ को मतगणना गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर २ को ब्रम्हज्योति मा वि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मा वि चन्द्रपुरमा मतगणना हुने निर्वाचन अधिकृत दासले जानकारी गराउनु भएको छ। उहाँका अनुसार बिहीबार रातिदेखि नै मतगणना सुरू गर्ने तयारी भइरहेको छ। मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि रातिबाटै मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles