Tuesday, May 26, 2026

ऋषि धमला सहित अधिकांश उम्मेदवारको जमानत जफत

ताजा / भरखरै प्राप्त

रौतहट । फागुन २७ ।। रौतहट जिल्लामा सम्पन्न प्रतिनिधीसभा सदस्य पदमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार बन्नु भएका १४२ जना मध्ये १२८ जनाको जमानच जफत भएको छ ।
रौतहटमा रहेको चार वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अधिकांश उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत कटाउन न सक्दा चर्चित उम्मेदवारहरुको जमानत समेत जफत भएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भए पश्चात रौतहटको चार वटै निर्वाचन क्षेत्रमा १४ जनाले मात्र खसेको कुल सदर मतको १० प्रतिशत कटाउन सफल हुदाँ १२८ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिइएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरी १४२ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएका थिए । तर निर्वाचन सम्बन्धि कानुनी व्यवस्था अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उम्मेदवारको जमानत जफत हुने प्रावधान अनुसार रौतहटमा १२८ जना उम्मेवारको जमानत जफत भएको हो भने १४ जना उम्मेदवारले मात्र आवश्यक मत ल्याउँदै आफ्नो जमानत जोगाउन सफल भएका छन्।
रौतहट क्षेत्र नम्बर–१ मा ३९ जना उम्मेदवारमध्ये ३४ जनाको, क्षेत्र नम्बर–२ मा २६ उम्मेदवारमध्ये २३ जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर–३ मा ४० उम्मेदवारमध्ये ३७ जनाको र क्षेत्र नम्बर–४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाले आवश्यक १० प्रतिशत मत ल्याउन न सक्दा उहाँहरुको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले संगम खबरलाई जानकारी दिनु भएको छ।
जिल्ला निर्वाचन अधिकारी दासका अनुसार प्रचलित कानुनी प्रावधानअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार रौतहटमा जमानत जफत भएका उम्मेदवारबाट १२ लाख ८० हजार रुपैयाँ सरकारी राजस्वमा जम्मा भएको उहाले जानकारी दिनु भएको छ भने विजयी उम्मेदवारसहित आवश्यक मत ल्याएर जमानत जोगाउन सफल भएका १४ जना उम्मेदवारले निवेदन दिएमा नियमानुसार धरौटी रकम फिर्ता गरिने पनि जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा चर्चित दल तथा चर्चित उम्मेदवारको समेत जमानत जफत भएको छ । जमानत जफत हुनेमा रौतहटका क्षेत्र नं. १ मा जनमतका उम्मेदवार देवेन्द्र मिश्र प्राप्त मत ८८१,आजपाका त्रिभुवन साह ७५१ मत,राप्रपाका मदन साह १५५ मत,प्रगतीशिल लोकतान्त्रिक पार्टीका राजाराम मुखिया ९१ मत पाउदा क्षेत्र नं. २ मा जसपा नेपालका रामअशिष राययादब २ हजार ९६० मत,एमालेका मो.अतिउल्लाहले २ हजार ३८२ मत,आजपाका श्रीभगवान राउत कुर्मी १ हजार ८२५ मत, प्रगतीशिल लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जयसवालले ८५९ मत,राप्रपाका रबिन्द्र साहले ८५ मत,आफनो उम्मेदवारी फिर्ता लिदै कांग्रेसका उम्मेदवार मो.फिरदोस आलमलाई समर्थन गर्नुभएका जनमतका सोनु कुशवाहाले २७६ मत प्राप्त गर्न भएको थियो ।
क्षेत्र नं. ३ मा भने एमालेका कुन्दन कुशवाहाले ६ हजार ६०५ मत,कांग्रेसका रामकृपाल यादबले ६ हजार ४२०,नेकपाका पुनम देवीले ३ हजार ८८१ मत,जनमतका शेख प्रवेज आलमले २७७ मत पाउदा राप्रपाका सिकिन्द्र राय यादवले १२३ मत, प्रगतीशिल लोकतान्त्रिक पार्टीका उपेन्द्र मुखियाले ७० र श्रम संस्कृति पार्टीका जमशेद अंसारीले ७० मत मात्र प्राप्त गर्नु भएको छ ।
त्यस्तै क्षेत्र नं. ४ मा एमालेका रामजी साहले ३ हजार ४७८ मत,जसपा नेपालका राजकुमार दासले १ हजार ६२ मत,आजपाका ऋषिराज धमलाले ६५५ मत,उज्जयालो पार्टी नेपालका तुलसीराज गिरीले ४११,जनमतका राकल्याण राउतले २९५ मत, श्रम संस्कृति पार्टीका १८८ मत,राप्रपाका रुपलाल राय यादबले १६३ मत मात्र प्राप्त गरि आफ्नो जमानत समेत बचाउन सक्नु भएको छैन् ।

spot_img

लोकप्रिय

Related Articles