रौतहट, चैत्र २२ ।। पशुपालकहरूलाई लक्षित गर्दै निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शनिबार आयोजित उक्त शिविर गौर नगरपालिका–९, सिसियामा बिहान ७ बजेदेखि सञ्चालन गरिएको हो ।
नेपाल भेटेरिनरी एसोसिएसन मधेश प्रदेशले आयोजनामा आयोजित शिविरमा गाई, भैंसी, बाख्रा, कुखुरा लगायतका पशुपक्षीको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा डा. सुभाष एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. तथा नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ वीरगञ्जको सहकार्य रहेको थियो ।
ग्रामीण क्षेत्रका स्थानीय किसानहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताएका छन् । नियमित रूपमा पशु स्वास्थ्य जाँच गराउन कठिनाइ हुने ग्रामीण भेगका किसानहरूका लागि यस्ता कार्यक्रम उपयोगी भएको उनीहरूको भनाइ छ ।
आयोजकका अनुसार शिविरले पशुपालन क्षेत्रमा देखिने रोग नियन्त्रण, उत्पादन वृद्धि तथा किसानको आर्थिक सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । आगामी दिनमा पनि यस्ता शिविरहरू निरन्तर सञ्चालन गरिने जनाइएको छ ।
नेपाल भेट्नरी एसोसिएसन मदेश प्रदेश अध्यक्ष डा दिनेश कुमार तिवारी सचीव डा सुभाष कुमार सिंह ,पशु क्वारेन्टाइन कार्यालय बीरगन्जका बरिस्ठ पशु चिकित्सक डा भरत साह NVMA बिरगन्ज अध्यक्ष श्री अनिल पटेल तथा पशु प्राबिधिकहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

