काठमाडौँ ।। ष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ।
सामाजिक सञ्जालमा पार्टीविरुद्ध बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ ।
शनिवारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थल अनुपयुक्त भएको भन्दै उनले स्टाटस लेखेकी थिइन्।
जावलाखेलको स्टाफ कलेजमा प्रशिक्षण कार्यक्रम सुरू भएको छ। उनले फाइडस्टार होटल वा हल सापटी लिएर गर्नु भन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

