राैतहट, बैशाख २९ ।। माध्यमिक शिक्षा परीक्षा २०८२ काे नतिजामा श्री माध्यमिक विद्यालय ब्रह्मपुरी, राजदेवी नगरपालिकामै अब्बल देखिएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले हिजाे साेमबार सार्वजनिक गरेकाे नतिजामा मा वि ब्रह्मपुरी पालिकामै अब्बल स्थान हासिल गरेकाे हाे ।
गत चैत १९ गतेबाट सञ्चालित भई २६ गतेसम्म चलेकाे परीक्षामा यस विद्यालयबाट २९ जना सहभागी भएकाेमा २३ जना राम्रो GPA काे साथ उत्तीर्ण भएकाे विद्यालयकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी दिनुभयाे ।
विद्यालयकी अंशिका साह, विद्या सिंह, प्रिती दास र आयुशी चाैहान गरी ४ जना A+ अर्थात सर्वाेत्तम नतिजासहित ७९.३८% विद्यार्थी उत्तीर्ण भएकाे वहाँले बताउनु भयाे ।
राजदेवी नगरपालिकामा सञ्चालित ६ वटा माध्यमिक विद्यालयमध्ये मा वि ब्रह्मपुरी ७९.३८ % नतिजासहित पहिलाे स्थानमा रहन सफल भएकाे हाे । आर्थिक स्रोत शून्य रहेकाे अवस्था तथा पर्याप्त स्रोतसाधनकाे अभावका बाबजुद पनि विद्यालयकाे प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीकाे सक्रियताले नतिजामा व्यापक सुधार भएकाे विद्यालयकाे शिक्षक ब्रदी नारायण साहले बताउनु भयाे ।
पाेहाेरकाे SEE काे नतिजामा कमजाेर देखिएकाे मा वि ब्रह्मपुरी वर्ष भरीकाे प्रधानाध्यापककाे कुसल नेतृत्व, शिक्षककाे सकृयता र विद्यार्थीकाे मिहिनेत तथा लगनशीलता एवम् कक्षा १० का विद्यार्थीलाई गराइएको नि:शुलक अतिरिक्त तयारी कक्षाले नतिजामा व्यापक सुधार गरी पालिकामै उत्कृष्ट भएकाे समेत शिक्षक साहले बताउनु भयाे ।

