राैतहट ।। रौतहट जिल्लाको माधवनरायण नगरपालिका वड़ा नम्बर ३ सखुअवामा रहेको श्री देवी नमूना माध्यमिक विद्यालयमा कार्यरत रहेका एक शिक्षकको भव्य रुपमा सम्मान सहित विदाई गरिएको छ ।
विद्यालयले शुक्रवार एक कार्यक्रम आयोजना गरी विद्यालयमा विगत ४१ वर्ष देखि निरन्तर शिक्षण सेवामा रहेका प्राथमिक शिक्षक प्रथम श्रेणीका शिक्षक रामानंद प्रसाद जायसवाललाई सम्मान सहित विदाई गरिएको हो ।
प्राध्यानध्यापक लखेंद्र प्रसाद यादवको अध्यक्षतामा आयोजना भएको विदाई तथा सम्मान कार्यक्रममा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर १ निवासी शिक्षक जायसवाललाई नगर प्रमुख बैजनाथ प्रसाद यादवले दोसल्ला सहित सम्मान पत्र बाट सम्मान गरेका थिए ।
कार्यक्रमलाइ प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादवले ४१ वर्ष सम्म विद्यालयमा दिएका योगदानको समझना रहने बताएका छन । विद्यालयको शैक्षिक भौतिक सुधारमा शिक्षक जायसवालले खेलेका भूमिका सधै स्मरणीय रहने उल्लेख गर्दै अवकाश पछिको जीवन सुखमय बितोस भनी कामना समेत गरेका हुन ।
निम्न माध्यमिक देखि माध्यमिक र माध्यमिक तह देखि अहिले नमूना माध्यमिक को रुपमा सञ्चालन रहेका सो विद्यालयमा शिक्षक जैसवालले प्रध्यानाध्यापकको जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गरेको विद्यालयका शिक्षक हरुले उल्लेख गरेका छन ।
बिदाई तथा सम्मान कार्यक्रममा शिक्षक जायसवालले नेपाल सरकारको निति अनुरूपमा अवकाश भएर जानू पर्ने बाध्यता रहेको भन्दै विद्यालयमा सेवा अवधि भरी पाएको माया प्रेम सद्भाव सधै भरी मानसपटलमा याद रही रहने बताए ।
विद्यालयमा कार्यरत रहदा स्थानीय अभिभावक विद्यार्थी र शिक्षक कर्मचारीबाट सकारात्मक सहयोग पाएको भन्दै यस्तै माया ममता स्नेह र सहयोग विद्यालय प्रति गर्नको लागि सबै संग आग्रह गरे । विदाई को क्षण भाबुक भएका जायसवाल विद्यालयमा आऊंन नसकेपनि आवश्यक परे राय सलाह सुझाव दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयमा सबै भन्दा बढ़ी उपस्थित हुने शिक्षक शंकर यादव र शिक्षिका मंजू यादवलाई पनि सम्मानित गरिएको थियो उहाहरु १ बर्षको अवधिमा ३ दिन मात्र अनुपस्थित रहेको जनाइएको छः ।
विदाई तथा सम्मान कार्यक्रममा पूर्व प्रध्यानाध्यापक , पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ सम्मान गरिएको प्रध्यानाध्यापक लखेंद्र यादवले जानकारी दिएका छन । माधव नारायण नगरपालिकाका नगर उपप्रमुख निर्मला देवी रमन , निमित प्रमुख प्रशासकीय अधिकृत इंजिनियर नागेन्द्र यादव सहित विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरु सहभागी रहेका थिए ।

