Tuesday, May 26, 2026

ईशनाथ नगरपालिकाले २ वटा ठेक्का गोप्य रुपमा आर्यन कन्सट्रक्सनलाई दिएको खुलासा

ताजा / भरखरै प्राप्त

जेठ ०२, बारा ।  रौतहटको ईशनाथ नगरपालिकाले गोप्य रुपमा २ वटा ठेक्का एकजना व्यापारीलाई दिएको खुलासा भएको छ ।

ईशनाथ नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत कार्यक्रम अनुसार जनता माध्यमिक विद्यालय औरैयाको भवन निर्माण र नगरभरि पोलतार तथा ट्रान्सफर्मर जडानको ठेक्का गोप्य रुपमा दिएको खुलासा भएको छ ।

२०८१ असोज १ गतेको मितिमा प्रथम पटक प्रकाशित सूचना लाई गोप्य राखि नगरपालिकाले रौतहटको आर्यन कन्सट्रक्सन राजपुरलाई ठेक्का दिएको पाईएको छ ।

जनता माध्यमिक विद्यालय औरैया भवन निर्माणको रकम ५७ लाख र नगरभरि पोलतार तथा ट्रान्सफर्मर जडान कार्यको ५८ लाख १७ हजार रुपैयाको ठेक्का नगरपालिकाले आर्यन कन्सट्रक्सनलाई गोप्य रुपमा दिएको पाईएको हो ।

सरकारी रकम दुरुपयोग गर्दै ईशनाथ नगरपालिकाले सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ विपरीत अनियमितता गरेको देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले यस विषयमा छानबिन गर्न जरुरी रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles