Tuesday, May 26, 2026

रौतहटका स्थानीय तहमा व्यापारीको कब्जा

ताजा / भरखरै प्राप्त

जेठ २, बारा । रौतहटको १८ वटै स्थानीय तहमा २-३ जना व्यापारीहरुले कब्जा जमाएको देखिएको छ । स्थानीय तहहरुमा सप्लाई देखि ठेक्कापट्टाको काममा समेत त्यहीँ व्यापारीहरुको हालिमुहाली रहेको देखिन्छ ।

अधिकांश स्थानिय तहले सरकारी रकम दुरुपयोग गर्दै सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ विपरीत अनियमितता गर्न लागेको प्रमाणहरु फेला परेको छ। व्यापारीहरुले गोप्य रुपमा सूचना प्रकाशन गरी रौतहटका गौर, गरुडा, गढीमाई, ईशनाथ, राजपुर, परोहा, मौलापुर, कटहरिया, फतुवा विजयपुर, वृन्दावन, माधवनारायण नगरपालिका र दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकामा विशेष रूपमा सक्रिय रहेको स्रोतले जनाएको छ ।

यस पिएसआर खबरलाई फेला परेका प्रमाण अनुसार सदरमूकाम गौरका चर्चित व्यापारीहरु नै यस कार्यमा लागेको देखिन्छ ।

spot_img

लोकप्रिय

Related Articles