Tuesday, May 26, 2026

सुदूरपश्चिमको पहिलो हार, चितवनसँग पराजित

ताजा / भरखरै प्राप्त

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि एक सय ३१ रनमा अलआउट भयो। सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । कप्तान दीपेन्द्रसिँह ऐरी एक रनमै आउट भए ।

चितवनका अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान दुई विकेट लिए । लगातार तीन खेल जितेको सुदूरपश्चिमको अपराजित यात्रा आजको नतिजासँगै रोकिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर १६४ रन बनायो । उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाए । सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए ।

spot_img

लोकप्रिय

Related Articles