Tuesday, May 26, 2026

नव निर्मित ब्लड बैंकको भवन कलैया अस्पताललाई हस्तान्तरण

ताजा / भरखरै प्राप्त

बैशाख ३१, बारा । छाँ–या नेपालले ८० प्रतिशतको लगानिमा बनाएको रगत बैंकको ६ कोठे भवन आज बुधबार प्रादेशिक अस्पताल कलैयालाई हस्तान्तरण गरिएको छ ।

छाँ–या अष्ट्रियाको ८० प्रतिशत र प्रादेशिक अस्पताल कलैयाको २० प्रतिशतको संयुक्त आर्थिक सहयोगमा १ करोड ८ लाख ४१ हजार ५ सय २४ रुपैयाँको लागतमा निर्माण भएको सुविधा सम्पन्न भवन आज बुधबार हस्तान्तरण गरिएको हो ।

दातृ संस्था छाँ–या नेपालले हस्तान्तरण गरेको नवनिर्मित रगत बैंकको भवनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

रगत बैंक भवनको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस भवनले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले पनि रगत बैंकको भवन भएपछि गुणस्तरीय सेवा नागरिकले प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

छाँ–या नेपाल काठमाडौंको प्राविधिक सहयोगमा निर्मित यो भवनमा माथि एउटा आवासिय कोठा सहित ६ वटा कोठा रहेको संस्थाले जनाएको छ ।

उद्घाटन समारोहमा उपराष्ट्रपति रामसहाय राय यादव सहित मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै छाँ–या नेपालको तर्फबाट कार्यकारी निर्देशक कमल थापा, बरिष्ठ कार्यकारी सहायक प्रियंका ठाकुर र प्रदेश संयोजक आशिष सिंह लगायतको उपस्थिति रहेको थियो ।

आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यस रगत बैंकमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव सहित ८० भन्दा बढी व्यक्तिले रक्तदान गर्नुभएको छ ।

spot_img

लोकप्रिय

Related Articles